पूजाको गुनासो–‘जसलाई साथ दिएँ, उसैले छुरा हान्यो’(भिडियो कुराकानी)

१ असार २०७९ ५:३०

नायिका पूजा शर्माले आफूले जसलाई अगाडि बढाउन साथ दियो, उसैले पछाडिबाट छुरा हानेको गुनासो गरेकी छिन् । ‘हिट नेपाल’ युट्युब च्यानलसँग कुरा गर्दै पूजाले भनिन्–‘आफूसँग हुँदा भयंकर तारिफ गर्ने तर आफूसँग नहुँदा बोल्न पनि मन नलाग्ने मान्छे हुँदा रहेछन् । त्यस्ता मान्छेहरुको वास्तविक अनुहार पनि देख्न पाइन्छ । अहिले आएर सोच्दा कस्तो मान्छेलाई साथ दिइएछ भन्ने लाग्छ ।’

पूजासँग गरिएको भिडियो कुराकानी तल हेर्नुहोस्ः

पूजाले आफ्नो चित्त दुखाएको मान्छेलाई विर्सन मन लागेको सुनाइन् । भनिन्–‘मलाई पश्चाताप त छैन । तर, त्यस्ता मान्छेहरुलाई संझन मन लागेको छैन ।’ पूजाले आफूले जसलाई साथ दिएको उसैले छुरा हानेको भन्दै अगाडि भनिन्–‘पल शाह र मलाई एउटै हुन्छ । उसले पनि जसलाई साथ दियो उसैले छुरा हानेको छ । मलाई पनि त्यस्तै भयो ।’

पूजाले अब नयाँ चलचित्रको छायांकन कार्तिकबाट सुरु हुने र त्यसका लागि आफूले मिहिनेत गरिरहेको तर्क समेत गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *