रणवीर–आलियाको ‘ब्रम्हास्त्र’ ट्रेलरः भीएफएक्स र मेकिङ उच्च

१ असार २०७९ ४:४५

सेप्टेम्बर ९ तारिखबाट रिलिज हुन लागेको बलिउड नायक रणवीर कपुर र नायिका आलिया भट्ट अभिनित चलचित्र ‘ब्रम्हास्त्र’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा मेकिङ र उच्च भीएफएक्स देख्न सकिन्छ । निर्माणका लागि लामो समय लागेको यो चलचित्रमा रणवीर र आलियाको साथमा अमिताभ बच्चन, नागार्जुन लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको ट्रेलरमा नायक रणवीर कपुर भित्र रहेको शक्ति देखाइएको छ । ३ भागमा निर्माण हुने चलचित्रको पहिलो भागलाई ‘शिवा’ भनिएको छ ।

आयान मुखर्जीको निर्देशनमा तयार भएको चलचित्रले बलिउडलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *