गायिका इन्दिरा जोशी वैवाहिक जीवनमा बाँधिएकी छिन् । इन्दिराले आज चितवनको एउटा रिसोर्टमा प्रेमी शरद केडियासँग लगनगाँठो कसेकी हुन् । ३ बर्ष लामो प्रेम सम्बन्धलाई शरद र इन्दिराले बिहेमा परिणत गरेकी हुन् । बिहेमा इन्दिरा र शरदको परिवार, आफन्त र नजिकका साथीभाई मात्र बोलाइएको थियो ।
एक बर्ष अगाडि शरदले इन्दिरालाई हेलिकप्टरबाट नाम्चेमा लगेर बिहेको प्रस्ताव राखेका थिए । नेपाली गायन क्षेत्रमा एउटा उचाई प्राप्त गरेपछि इन्दिराले बिबाह गर्ने निर्णय गरेकी हुन् । शरद र इन्दिरालाई बैबाहिक जीवनको शुभकामना ।
