सिक्किममा ‘कबड्डी ४’ प्रदर्शनमा रोक लगाउने सरकारको निर्णय

३१ जेठ २०७९ ७:३१

सिक्किम सरकारले नेपाली चलचित्र ‘कबड्डी ४’लाई सिक्किममा प्रदर्शन गर्न नदिने निर्णय गरेको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाले चलचित्र प्रदर्शनमा रोक लगाउन माग गरेको र उनीहरुको संवेदनालाई ख्याल गर्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जानकारी मिडियालाई दिएका छन् ।

उनले भनेका छन्–‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ ।’

केही दिन अगाडि मात्र अलइण्डिया वुद्धिस्ट फोरमसहित बौद्ध धर्मगुरुङले पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालमा चलचित्रको विवाद नसकिएसम्म सिक्किममा प्रदर्शन गर्न नदिने बताएका थिए । चलचित्र यति प्रदर्शन गरिएको खण्डमा हल तोडफोड हुने समेत चेतावनी उनको थियो ।

विशेषगरि, नायिका मिरुना मगरले काठमाडौंको सिभिल मलमा फुर्पा लामा नाम गरेका व्यक्तिलाई थप्पड हानेपछि चलचित्र विवादमा परेको थियो । सोही विवादका कारण चलचित्रलाई सिक्किममा प्रदर्शन गर्न दिन नहुने माग अगाडि आएको थियो ।

यो चलचित्रले बौद्ध धर्मको मानमर्दन गरेको भन्दै जिल्ला प्रशासन कार्यलय काठमाडौंमा पनि उजुरी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *