हलमा औषत चलेको ‘चिसो एष्ट्रे’ अब डिजिटल प्लेटफर्ममा

३१ जेठ २०७९ ७:०४

गतबर्षको चैत ४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘चिसो एष्ट्रे’ले बक्स अफिसमा सुखद कमाई गरेन । हलमा नचम्किएको यो चलचित्र बुधबारदेखि डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने भएको छ । यो चलचित्रको असार १ देखि डिस होमसहित नेट टीभी, मोमो एप लगायतका प्लेटफर्ममा प्रदर्शन सुरु गर्न लागिएको हो ।

चलचित्रले हलमा औषत व्यापार गरेपनि समीक्षकबाट भने राम्रो प्रशंसा पाएको थियो । भूपी शेरचनको यही नामको कविताबाट प्रभावित चलचित्रलाई दिन्स पाल्पालीले निर्देशन गरेका हुन् । यो चलचित्रमा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल आदि कलाकारको अभिनय छ ।

महेशबाबु तिमल्सिना प्रस्तुतकर्ता रहेको चलचित्रलाई प्रविन स्याङबो र सुष्मिता पराजुलीले निर्माण गरेका हुन् ।सुजन खतिवडा, रुपेश ढुंगाना र नविन ढुंगानाको सह–निर्माणमा बनेको चलचित्रलाई उज्वल बस्ताकोटीले छायाँकन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *