‘कबड्डी ४’को कमाई २० करोड कट्यो

३१ जेठ २०७९ ६:५५

१६ दिनमै २० करोड बढी ग्रस कलेक्शन गर्दै नेपाली चलचित्र ‘कबड्डी ४’ले नयाँ रेकर्ड सेट गरेको छ । नेपाली चलचित्रको बक्स अफिस फराकिलो बनेको उदाहरण यो चलचित्रको कमाईबाट वुझ्न सकिन्छ ।

पहिलो सातामा १४ करोडको ग्रस कलेक्शन गरेको यो चलचित्रले दोश्रो सातासम्म १८ करोड बढी कमायो । तेश्रो साताको शनिबारसम्म चलचित्रले २० करोड ग्रस कलेक्शन गर्दै सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको छ ।
यसअगाडि ‘छक्का पन्जा ३’ले बनाएको १८ करोडको सिमालाई यसले भत्काएको छ ।

यतिमात्र होइन, नेपाली चलचित्रले एकै दिनमा ३ करोड, एक सातामा १४ करोडको कमाई गर्न सक्छ भन्ने नयाँ सन्देश समेत चलचित्रले दिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको गीत, फाइनल म्याचको प्रचार र कलाकारको क्रेजले पनि यो विशाल आँकडा सेट भएको हो ।

यो रेकर्डलाई ब्रेक गर्न अब अर्को चलचित्रलाई सजिलो भने छैन । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, वुद्दि तामाङ, बिजय बराल चलचित्रको मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *