के श्रृष्टी र सौगातको ‘माइकल अधिकारी’को कथा ‘मिमी’सँग मिल्छ ?

३१ जेठ २०७९ ६:४५

नेपाली चलचित्र ‘माइकल अधिकारी’ ३ बर्ष अगाडि नै छायांकन गरिएको हो । तर, २०७६ को चैत्र २८ गते रिलिज हुनुपर्ने यो चलचित्र कोरोनाका कारण दर्शकमाझ आउन पाएन । अब, यो चलचित्र भदौको ३ गतेबाट रिलिज हुने भएको छ ।

रञ्जित रौनियारको निर्देशनमा तयार भएको यो चलचित्रले आर्थिक अवस्था कमजोर भएपछि एक विवाहित महिलाले कोख भाडामा दिएर पैसा कमाएको कथा भन्छ । चलचित्रमा सौगात मल्ल र श्रृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन् ।

यो चलचित्र रिलिज नहुँदै एक बलिउड चलचित्र रिलिज भयो, ‘मिमी’ । नायिका बन्ने सपना पुरा गर्न कोख भाडामा दिएर बच्चा जन्माएकी एक यूवतीको कथा यो चलचित्रले भन्छ । चलचित्रमा कृति सेननले काम गरेकी छिन् ।

कथावस्तुको लाइनअप सुन्दा ‘माइकल अधिकारी र मिमी’को उस्तै लाग्छ । अरु कुरा मिल्छ या मिल्दैन, ‘माइकल अधिकारी’ हेरेपछि मात्र भन्न सकिन्छ ।

तर, निर्माणको कुरा गर्दा नेपाली चलचित्रको काम अगाडि सुरु भएको हो । गोपिकृष्ण मुभिजले निर्माण गरेको यो चलचित्र पनि भदौ ३ मै आउने भएपछि अब यो मितिमा ‘प्रेमगञ्ज, कृष्णलीला र माइकल अधिकारी’ प्रदर्शनमा आउने पक्का भएको छ ।

भदौमा नेपाली चलचित्रको लाइन लामो देखिएको छ । यसैले, कुन चलचित्रले कस्तो व्यापार गर्ला अहिले नै अनुमान गर्न नसकिने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *