फिल्म लगातार फ्लप, वेव सिरिजतिर प्रियंका

३१ जेठ २०७९ ६:३४

नायिका प्रियंका कार्कीलाई वैशाखमा रिलिज भएको चलचित्र ‘लक्का जवान’ले राम्रो व्यापार गर्छ भन्नेमा विश्वास थियो । यो चलचित्रले राम्रो कमाई गरेको खण्डमा प्रियंकाको कमब्याक पनि सुखद हुन सक्थ्यो । तर, चैत्रमा ‘हेल्लो जिन्दगी’ र वैशाखमा ‘लक्का जवान’ असफल भएपछि भने प्रियंकालाई चलचित्रमा फर्किन समस्या भैरहेको छ । यसैले, उनी वेव सिरिज र युट्युब कार्यक्रममा नै बढी समय खर्चिन थालेकी छिन् ।

प्रियंका र सरिता गिरीको मुख्य भूमिका रहने वेब सिरिज ‘साहु बा’को आज शुभसाइत गरिएको छ । फ्रेम इन प्रोडक्शनले निर्माण गर्ने यो सिरिजलाई सुजोय योङले निर्देशन गर्नेछन् । काठमाडौं वरिपरी नै खिचिने वेब सिरिजलाई थ्रिलर जनरामा बनाउने तयारी गरिएको छ ।

यो सिरिजमा अमितेष शाह, कविता नेपाली, नम्रता श्रेष्ठ, शेखर चापागाँई, प्रदीप बाँस्तोला मुख्य भूमिकामा रहनेछन् । यो सिरिजमा सरितालाई मुख्यमन्त्री र प्रियंकालाई प्रहरी अफिसर्सको भूमिकामा देख्न पाइनेछ । पहिलो सिजनमा १३ एपिसोड खिचिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *