बैबाहिक जीवनमा बाँधिइन् इन्दिरा

३१ जेठ २०७९ ६:१०

नेपाली गायन क्षेत्रकी चर्चित गायिका इन्दिरा जोशी बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, आज आफ्ना प्रेमी शरद केडियासँग औठी साटेकी हुन् । इन्दिराले आफ्ना परिवार, आफन्त र नजिकका साथीहरुलाई बोलाएर बिहे गरिरहेकी छिन् । आइतबार मेहेन्दी कार्यक्रम आयोजना गरेपछि इन्दिराको तस्वीर सार्वजनिक भएको थियो ।

गायिका जोशी र व्यापारी केडिया ३ बर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, गतबर्ष नाम्चे बजारमा हेलिकप्टरमार्फत उडान भर्दै शरदले इन्दिरालाई औठी लगाइदिएका थिए । उनले, नाम्चेमा इन्दिरालाई बिहेको प्रस्ताव समेत राखेका थिए ।

इन्दिराले मेहेन्दी कार्यक्रमपछि सामाजिक संजालमाफर्त आफूहरु बिहे गर्न लागेको र सबैको आर्शिवादको आवश्यकता रहेको उल्लेख गरेकी थिइन् ।

‘नेपाल आइडल र सारेगमप’की निर्णायक समेत रहेकी इन्दिराको गायन शैली, सुन्दरता र स्टेज प्रस्तुतिको सधै चर्चा हुने गर्दछ । इन्दिरा ‘नेपाली तारा’मा भाग लिएर गायन क्षेत्रमा प्रवेश गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *