उद्घाटनमा व्यस्त बेनिशा

३१ जेठ २०७९ ६:०२

नायिका बेनिशा हमालको व्यस्तता विभिन्न पार्लर, सैलुन र सौन्दर्य सामाग्रीको प्रचार र उद्घाटनमा बढी देखिएको छ । चलचित्रको कुराकानी गर्ने हो भने उनी अभिनित ‘प्रेमगञ्ज’ भदौको ३ गते रिलिज हुँदैछ । छायांकन पनि खासै नभएकाले बेनिशा विगत केही समयदेखि विभिन्न उद्घाटन समारोहमा देखिन थालेकी छिन् ।

केही दिन अगाडि मात्र बेनिशा ‘ब्रिज हेयर एन्ड ब्यूटी सलुन’को उद्घाटन गरिन् । काठमाडौंको बौद्ध क्षेत्रमा खुलेको सलुनको बेनिशा, तेज गिरी, निराजन प्रधान र पत्रकार ऋषि धमलाले उद्घाटन गरे ।

बेनिशाले केही दिन अगाडि मात्र अर्को एक सौन्दर्य सामाग्रीको प्रचार गर्न भ्याएकी थिइन् । चलचित्र ‘प्रेमगञ्ज’मा समावेश एक आइटम गीतमा बोल्ड नृत्य गरेर चर्चामा आएकी बेनिशा चलचित्रमा भने खासै व्यस्त छैनन् । यसैले, पनि उनको व्यस्तता उद्घाटनमा बढी देखिएको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *