प्रिज्मा–प्रिन्सीसँग चिना र जोखना हेर्दै आकाश

३० जेठ २०७९ ११:५६

 

गायक टिकाराम कट्टेल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चिना र जोखना’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको एरेञ्ज छ ।

भिडियोमा आकाश श्रेष्ठ, प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा फिचर्ड छन् । भिडियोमा सरोज खड्का, सोनिया सिंह ठकुरीलाई पनि देख्न सकिन्छ ।

भिडियोमा माधव शर्माको निर्देशन, नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको कलर र सम्पादन तथा सन्तोष राजबाहकको कोरियोग्राफी छ । भिडियो द डिभाइन म्यूजिकको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *