अर्पण र मेनुकाको ‘डलर एयुडी’ निर्माणको घोषणा

३० जेठ २०७९ ११:४६

चलचित्र ‘डलर एयुडी’ निर्माणको घोषणा गरिएको छ । एएसएपी इन्टरटेन्मेन्टले यो चलचित्रको निर्माण गर्न लागेको हो । सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्शनको संयुक्त निर्माणमा बन्न लागेको यो चलचित्रमा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

देवकुमार श्रेष्ठको निर्देशन रहने यो चलचित्रलाई सन्तोष अधिकारीले लगानी गर्न लागेका हुन् । नेपालबाट अमेरिका जाने नेपालीहरुको कथामा बन्न लागेको यो चलचित्रको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तुष्णा गुरुङ लगायत छन् ।

रायको छायांकनको रहने चलचित्रमा मनोरञ्जन श्रेष्ठको सम्पादन, सुरेश राई र सन्तोष मिश्रको संगीत रहनेछ । चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *