दरबार स्क्वायरमा नबोली पूजा र आकाशले गरे सुटिङ(भिडियो र फोटो)

३० जेठ २०७९ ११:३८

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले एक बर्ष अगाडिसम्म कुनै चलचित्र वा गीतको छायांकन गर्दा एक अर्कासँग खुबै बोलचाल गर्थे । निर्देशकले कट भन्ने वित्तिकै एक अर्कासँग गफिनमा उनीहरु मस्त रहन्थे । तर, अहिले समय फेरिएको छ । पूजा र आकाशले एकसाथ चलचित्र र म्यूजिक भिडियोमा काम गर्न छाडेका छन् ।

तर, ३ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘संझना विर्सना’ले भने उनीहरुलाई एकसाथ ल्याइदिएको छ । पूजा र आकाशले आइतबार भक्तपुरको दरबार स्क्वायरमा चलचित्रमा समावेश एक गीतको छायांकन गर्दै गर्दा आफूहरुमा व्यवसायीक सम्बन्ध मात्र बाँकी रहेको सन्देश दिन खोजेका थिए ।

‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीतमा अन्जु पन्त र किरण गजमेरको स्वर, अर्जुन पोखरेलको शब्द तथा संगीत छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा शिव ढकालको छायांकन छ । रेबिका प्रधान र अद्धितिय प्रधानको लगानी रहेको यो चलचित्रलाई निमेष प्रधानले निर्देशन गरेका हुन् ।

चलचित्रको गीतमा एकसाथ काम गर्न पाउँदा आफूहरु उत्साहित भएको आकाश र पूजाले बताएपनि व्यवहारमा भने त्यस्तो देखिएन । असार ३१ गते रिलिज हुने यो चलचित्रको व्यापारले पूजालाई भन्दा बढी आकाशको करिअरलाई असर गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *