‘कबड्डी ४’ले २ सातामै कमायो १८ करोड

२९ जेठ २०७९ २:३०

कमाइको आँकडामा रेकर्ड ब्रेक गरिरहेको चलचित्र ‘कबड्डी ४’ले पहिलो साता १४ करोड ग्रस कलेक्शन गरेको थियो । दोश्रो साता चलचित्रको व्यापारमा ठूलो गिरावट आएको छ । दोश्रो साता निर्माणपक्षले दिएको आँकडालाई नै मान्ने हो भने चलचित्रले ४ करोड ७८ लाखको ग्रस कलेक्शन गरेको छ ।

तर, दोश्रो सातामा नयाँ बलिउड चलचित्र रिलिज हुँदा शोहरु कम भएका थिए । तेश्रो सातामा पनि चलचित्रले सुखद कमाई गरिरहेको छ । दुई सातामा नै १८ करोड भन्दा माथिको व्यापार गरेको यो चलचित्र मल्टिप्लेक्समा सुखद रुपमा दर्शक बटुल्दै अगाडि बढिरहेको छ ।

चलचित्रले यो साता ‘छक्का पन्जा ३’ले कमाएको २० करोडको ग्रस कलेक्शनलाई तोड्ने निश्चित छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रलाई दर्शकले निक्कै प्रेम गरेका छन् । हिट सिरिजको अन्तिम खेल भनिएका कारण पनि चलचित्र हेर्न दर्शक ओइरिएका हुन् ।

दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारले अभिनय गरेको चलचित्रले लाइफ टाइम कमाई २५ करोडको हारहारीमा गर्ने अनुमान धेरैको छ । असार ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चिसो मान्छे’को व्यापार यसको लाइफ टाइम कलेक्शनमा भर पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *