जस्टिन विवरलाई अनुहारको पक्षघात

२९ जेठ २०७९ २:१६

विश्व चर्चित गायक जस्टिन विवरलाई अनुहारको पक्षघात भएको छ । सामाजिक संजाल इन्स्टाग्राममा आफ्ना २४ करोड फलोअर्सलाई सम्बोधन गर्दै जस्टिनले आफूलाई अनुहारको पक्षघात भएको उल्लेख गरेका छन् । उनले, आफ्नो अनुहारको एकतर्फी भाग नै नचलेको समेत उल्लेख गरेका छन् ।

जस्टिनले आफ्ना विभिन्न शोहरु समेत रद्द गरेका छन् । उनले आफ्नो दायाँ भागको अनुहार नचल्ने भएको पनि सामाजिक संजालबाट जानकारी दिएका छन् । उनले भनेका छन्–‘मलाई तपाइहरुले वुझ्नुहुन्छ भन्ने आशा छ । यो समय म आराम गर्न चाहन्छु र शतप्रतिशत निको भएपछि म जेका लागि जन्मिएको हुँ, त्यही काममा फर्किनेछु ।’

उनले, आफू अहिले अनुहारको व्यायम गरिरहेको र चाडै नै निको हुने आशा समेत व्यक्त गरेका छन् । तर, आफूलाई निको हुन कती समय लाग्छ भन्ने कुरा भने जानकारी नभएको पनि विवरले बताएका छन् । जस्टिनले भारतमा पनि शो गर्ने तयारी गरेका थिए । तर, अनुहारको पक्षघात भएपछि अहिले उनी आराम गरिरहेका छन् ।

विश्वभर रहेका करोडौं फ्यानले जस्टिनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *