‘एक्सन ९’ बनाउन फेरि अगाडि सरे मुकुन्द

२८ जेठ २०७९ १३:५४

कलाकारहरुले ४ महिना जीममा बिताएपछि स्थगीत भएको चलचित्र ‘एक्स ९’को कामलाई निर्देशक मुकुन्द भट्टले फेरि अगाडि बढाएका छन् । नायक अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का लगायतका कलाकार फाइनल गरेर मुकुन्दले चलचित्रको छायांकन माघबाट नै सुरु गर्ने तयारी गरेका थिए । तर, विविध कारण देखाउँदै चलचित्रको काम रोकिएको थियो ।

तर, अब फेरि यो चलचित्र बनाउने भन्दै मुकुन्द अगाडि सरेका छन् । उनले, बलिउडका नायक सुनिल सेट्टीका म्यानेजरसँग पनि यो बिषयमा कुरा गरिसकेको श्रोतले बतायो ।

मुकुन्दले निर्देशन गर्ने यो चलचित्र अब अनमोलले गर्छन् या गर्दैनन् पक्का भएको छैन । तर, यूरोपका विभिन्न देशमा खिचिने यो चलचित्रलाई अहिलेसम्कै ठूलो एक्सन चलचित्र भनिएको थियो ।

चलचित्र ‘लप्पन छप्पन २’ असफल भएपछि मुकुन्द मौन छन् । तर, अब उनी यो चलचित्रको काम अगाडि बढाउन लागिपरेको वुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *