क्लबमा आकाश र पूजा

२८ जेठ २०७९ १२:१५

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले एकसाथ काम नगरेको केही महिना भयो । एक बर्ष अगाडिसम्म चलचित्र र म्यूजिक भिडियोमा नछुट्ने यो जोडी अहिले भने अलग अलग रुपमा काम गरिरहेको छ । तर, यो जोडीलाई शनिबार भने काठमाडौंको एक क्लबमा भेटिएको छ । उनीहरु एकसाथ क्लबमा डान्स गर्दै गरेको अवस्थामा भेटिएका हुन् ।

वुझिएअनुसार, असारको अन्तिम साता रिलिज हुन लागेको चलचित्र ‘संझना विर्सना’का लागि आकाश र पूजा एकसाथ क्लबमा पुगेका हुन् । रामजी लामिछानेको कोरियोग्राफीमा तयार भैरहेको गीतको भिडियोलाई असारको ४ गते सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ ।

यसअघि सार्वजनिक भएका चलचित्रका गीत र ट्रेलरले औषत प्रतिक्रिया पाइरहेको छ । यसैले, चलचित्र पोष्टपोन्ड भएको मौका छोपेर निर्माणपक्षले नयाँ गीत छायांकन गरेको हो । आकाश र पूजाको ‘संझना विर्सना’पछि ‘सम्हालिन्छ कहिले मन’ रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *