आर्यन गिरफ्तार परेपछि खुबै रोएका थिए साहरुख

२८ जेठ २०७९ ८:४६

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई ‘क्रुज ड्रग्स’ केसमा क्लिन चिट मिलिसकेको छ । तर, विना प्रमाण आर्यनलाई २६ दिनसम्म हिरासतमा राखिएको थियो । यही बिषयमा बलिउड नायक साहरुख खानले एनसीबीका एक सिनियर अफिसर्ससँग यो बिषयमा कुरा गरेका छन् ।

संजय सिंह नाम गरेका अफिसर्सले भारतीय मिडियासँगको कुराकानीमा साहरुख र आर्यनले आफूहरुको जीवन नै बर्बाद गर्ने गरि आर्यनलाई प्रस्तुत गरिएको गुनासो गरेको बताएका छन् । संजयका अनुसार, उनी यो मुद्दा चलिरहेको समयमा साहरुख र आर्यनसँग सिधै सम्पर्कमा थिए । साहरुख छोराको मानसिक र शारीरिक स्वास्थ्यलाई लिएर चिन्तित थिए । संजयसँगको कुराकानीका क्रममा आँखाभरी आँशु लिदै साहरुखले भनेका थिए–‘हामीलाई ठूलै अपराधीको तरिकाले प्रस्तुत गरिएको छ । जसले समाजलाई बर्बाद गर्नका लागि घरबाट निस्किएको होस् ।’

आर्यनले संजयसँग भनेका थिए–‘एनसीबीले मलाई अन्तरराष्ट्रिय ड्रग्स तस्करको तरिकाले व्यवहार गरिरहेको छ । मैले ड्रग्स बेच्छु भनेर देखाउन खोजिएको छ । के यो आरोप झुटो होइन ?’

आर्यनले अगाडि भनेका थिए–‘क्रुजबाट मेरो साथबाट कुनै ड्रग्स पनि भेटिएको छैन । तर, पनि मलाई गिरफ्तार गरियो । मेरो विरुद्धमा कुनै प्रमाण पनि भेटिएको थिएन । तर, मलाई यति लामो समय किन जेलमा राखियो ? के म यसैको लागि लायक हुँ ? सर तपाइहरुले निक्कै गलत काम गर्नुभयो र मेरो इज्जत नै बर्बाद गर्ने काम गर्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *