पलकी बहिनीको स्पष्टिकरण–‘दाईको नामबाट एक रुपैयाँ उठाएका छैनौ’

२८ जेठ २०७९ ८:१८

नायक पल शाह विगत ४ महिनादेखि जिल्ला अदालत, तनहुँको आदेशमा थुनामा छन् । पल शाहको मुद्दा अहिले जिल्ला अदालत, तनहुँमा चलिरहेको छ । तर, केही मिडिया र सामाजिक संजालमा पल शाहको परिवारले उनको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने भ्रम फैलाइएको छ ।

यो बिषयमा पल शाहकी बहिनी रोशनी शाहले सामाजिक संजालको माध्यमबाट स्पष्टिकरण दिएकी छिन् । उनले लेखेकी छिन्–‘हामी कानुनी राज्यमा छौं र कानुनी राज्यमा विश्वास राख्ने जो कोहीले कानुनको सम्मान संरक्षण पाउने कुरामा हामी विश्वस्त छौं । सोही अन्र्तगत आरोप लागेपछि हाम्रो परिवारका सदस्य मेरो दाजु नायक पल शाह विगत चार महिनादेखि जिल्ला अदालत तनहुँको आदेश अनुसार पुर्पक्षका लागि तनहुँ कारागारामा रहेको आम नेपाली शुभेक्षुकहरुलाई अबगत नै छ ।’

उनले अगाडि लेखेकी छिन्–‘यसै क्रममा केही युट्युब च्यानल र केही सामाजिक संजालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरु आएकाले उक्त खबरले हाम्रो ध्यानाकर्षण भएको छ । पल शाह न्यायिक हिरासतमा बसेदेखि अहिलेसम्म परिवारका कुनै पनि सदस्यले कसैबाट आर्थिक सहायता लिएका छैनौ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौ ।’

रोशनीले पल शाहको नाममा कसैले पनि पैसा नउठाइदिन आग्रह समेत गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर