विश्व बजारमा साउथ चलचित्रले राम्रो प्रभाव पारिरहेका छन् । साउथ चलचित्रका निर्देशकले चलचित्रमा बुन्ने कथा होस् या एक्सन कोरियोग्राफी, उत्कृष्ट भएकै कारण विश्व बजारमा प्रभाव पर्न थालेको हो । शुक्रबारदेखि रिलिजमा आएको साउथको चलचित्र ‘७७७ चार्ली’ले समीक्षक र दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।
एउटा यूवक र एउटा कुकुरविचको कथालाई यो चलचित्रमा बुनिएको छ । कुकुरकै कारण आफ्नो परिवारको दुर्घटनामा परेर निधन भएपछि एक्लो जीवन बिताइरहेको एक यूवकको कुकुरसँग कसरी भेट हुन्छ, कुकुरलाई उसले कसरी प्रेम गर्छ र क्यान्सर रोग लागेको थाहा पाएपछि ‘चार्ली’ नामक कुकुरको इच्छाहरु पुरा गर्न उसले के सम्म गर्छ भन्ने कथालाई चलचित्रमा भावानात्मक रुपमा प्रस्तुत गरिएको छ ।
यो चलचित्रले बक्स अफिसमा औषत कमाई गरेको छ । तर, चलचित्र हेर्ने जोकोहीको पनि आँखा रसाउने पक्का छ । २ घन्टा ४६ मिनेट लामो यो चलचित्रलाई किरण राज के ले निर्देशन गरेका हुन् । चलचित्रमा रक्षित सेट्टी, संगीथा श्रीन्जेरी र राज सेट्टीको अभिनय छ ।
थोरै पात्र भएपनि निर्देशकले पटकथा उत्कृष्ट बनाउँदा चलचित्र कतै पनि दिक्क लाग्दो बनेको छैन । यदि, तपाइले यो साउथ चलचित्र हेर्नुभएको छैन भने एकपटक पक्कै पनि हेर्नुहोला ।