‘प्रसाद २’ निर्देशन गर्दै सुदर्शन थापा

२८ जेठ २०७९ ७:२२

लभ स्टोरी चलचित्रमा महारथी निर्देशक सुदर्शन थापाले अब केही फरक कथाको चलचित्र निर्देशन गर्ने तयारी गरेका छन् ।

सुभाष थापाको निर्माणमा बन्न लागेको चलचित्र ‘प्रसाद २’लाई अब सुदर्शन थापाले निर्देशन गर्ने पक्का भएको छ । वुझिएअनुसार, चलचित्रमा काम गर्ने संझौता सुदर्शनले गरिसकेका छन् । निर्देशक थापाले पनि आफूले चलचित्र निर्देशन गर्ने पक्का भएको बताए ।

चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहनेछ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हिट भएपछि नयाँ चलचित्रको तयारी गरिरहेका सुदर्शनले हिट चलचित्र ‘प्रसाद’को प्रिक्वेल निर्देशन गर्न लागेका हुन् ।

चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन् । यसअघि यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने पक्का भएको थियो । तर, चलचित्रको छायांकन सुरु हुन नसक्दा निर्माणपक्ष नै अन्यौलमा थियो ।लभ स्टोरी चलचित्र निर्देशनमा अब्बल मानिएका सुदर्शनले यो सामाजिक कथाको चलचित्रलाई कस्तो बनाउने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *