अनमोलसँग काम गर्न नपाउँदा दुःखी छैन, फिल्म चल्न कथा चाहिन्छ(भिडियो)

२८ जेठ २०७९ ७:०४

नायिका सारा सिर्पालीले नायक अनमोल केसीसँग काम गर्न नपाउँदा आफू दुःखी नभएको बताएकी छिन् । सारा र अनमोलले चलचित्र ‘हनी बनी’मा काम गर्ने पक्का भएको थियो । तर, अन्तिम समयमा अनमोलले चलचित्र छाडे । साराको बेलायतको भिसा नै आएन ।

उनै, साराले अनमोल मात्र नभएर राम्रो जो कोही पनि कलाकारसँग काम गर्न आफूलाई मन लाग्ने सुनाइन् । उनले, अहिलेको समयमा स्टार कलाकार भन्दा पनि स्क्रिप्ट बलियो भएपछि मात्र चलचित्र चल्ने कथन समेत गरेकी छिन् ।

आफ्नो नयाँ गीत ‘फाइनल्ली भेटियो’को प्रचारका क्रममा कुराकानी गर्दै साराले आफूले राम्रो चलचित्रको प्रतिक्षा गरेको बताइन् । साराले भनिन्–‘मलाई सधै नै एउटै भूमिका गर्न मन लाग्दैन । थोरै गरौं तर राम्रो गरौं भन्ने लाग्छ । यसैले पनि मैले धेरै म्यूजिक भिडियोमा काम गरेकी छैन् ।’

साराले अभिनय गरेको पछिल्लो चलचित्र ‘गुञ्जन’ रिलिजको प्रतिक्षामा छ । यस अगाडि उनका ३ वटा चलचित्र असफल भएका थिए । साराले आफूले डेब्यू चलचित्रका लागि तयारी नगरेको भन्दै अहिले पश्चाताप लाग्ने पनि सुनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *