कसरी भयो सलमान खानलाई मार्ने प्रयास असफल ?

२७ जेठ २०७९ १६:१९

बलिउड नायक सलमान खानको हत्या गर्ने योजना असफल भएको मुम्बई प्रहरीको अनुसन्धानमा खुलेको छ । केही दिन अगाडि मात्र सलमानका पिता सलिम खानलाई मर्निङ वाकमा गएको समयमा धम्कीले भरिएको पत्र मिलेको थियो । जहाँ, सलमानको हत्या गर्ने योजना खुलाइएको थियो । तर, सन् २०२१ मा सलमानलाई मार्ने योजना नै भएको रहस्य पनि खुलेको हो ।

सन् २०२१ मा सलमानलाई मार्नका लागि संपत नेहरा नाम गरेका सुटरलाई सुपारी दिइएको थियो । योजना अनुसार, नेहरा मुम्बई पनि पुगेका थिए ।

उनी, सलमानको घरकै नजिकै बसेका थिए र उनको घरमा कैयौं पटक घुमेका पनि थिए । सलमानलाई मौका मिलेपछि मार्ने योजना उनको थियो । तर, उनीसँग भएको पिस्तोलले टाढासम्म निशाना बनाउन सक्दैनथ्यो । सलमान सधै नै बडिगार्डको घेरामा रहने गर्छन् । बडिगार्ड र प्रहरीको घेरामा रहने भएकाले पनि सलमानलाई मार्ने योजना संपतले रद्द गरेका थिए ।

तर, संपतले दोश्रो पटक पनि राइफलले सलमानको हत्या गर्ने योजना बनाएका थिए । उनले, गाउँबाट दिनेश फौजी नाम गरेका व्यक्तिबाट आरके स्पिङग राइफल पनि मगाएका थिए । तर, राइफल दिनका लागि दिनेश मुम्बई पुग्दा उनलाई प्रहरीले पक्राउ गर्यो । यसपछि, संपत पनि पक्राउ परेका थिए ।

सलमानलाई ज्यान मार्ने धम्की दिने ग्याङस्टार लोरेन्सले नै संपतलाई सुपारी दिएका थिए । चलचित्र ‘रेडी’को छायांकनको समयमा पनि लोरेन्स सलमानको हत्या गर्न चाहन्थे, तर उनको योजना सो समयमा पनि विफल भएको थियो ।
सलमान खानमाथि हमला गर्ने योजना बारम्बार विफल भएको छ । तर, सलमानमाथि किन बारम्बार आक्रामणको प्रयास गरिन्छ, त्यो भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *