‘वेलकम टू हेम्जाकोट’को गीतमा हट अलिसासँग विनोदको डान्स

२६ जेठ २०७९ ५:०९

कार्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’मा समावेश भएको ‘मायाको रेडियो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रको आइटम गतिमा मोडलद्धय विनोद न्यौपाने र अलिशा शर्माले नृत्य गरेका छन् ।

कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतमा उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर, राज सागरको संगीत, प्रज्ज्वल अधिकारीको शब्द छ ।

काठमाडौंमा आयोजित गीत रिलिज कार्यक्रममा चलचित्रकी प्रमुख नायिका अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्तल गायत बिशाल पहाडी, शारदा गिरीले पनि आफूहरुको अभिनयलाई दर्शकले मन पराउने आशा ब्यक्त गरे ।

तेजप्रसाद दाहालको प्रस्तुति, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको यो चलचित्रमा बिनोद, अम्बिका, सुजैरा, अस्मिताका साथमा बु२ि तामाङ, शारदा गिरी, बिशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्व. जयनन्द लामाले अभिनय गरेका छन् ।

प्रवीण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाँई, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सह–निर्माता रहेको यो चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *