असारको १० गतेबाट रिलिज भएको चलचित्र ‘घनचक्कर’को नेपाल भाषाको प्रमोशनल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा चलचित्रका मुख्य पात्रहरुविचको प्रेम र पैसाको चक्करलाई देखाइएको छ । विजेन श्रेष्ठको संगीत रहेको गतिमा भुपेन्द्र बज्राचार्यको शब्द तथा स्वर छ । हरि भट्ट सूर्यनाथको प्रस्तुतिमा तयार भएको कमेडी जनराको यो चलचित्रमा करुना अर्याल र संगम भट्टको लगानी छ ।
भट्ट एण्ड सन्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रलाई जितेन्द्र राजोपाध्यायलले निर्देशन गरेका हुन् । चलचित्रमा अनुपम द्धिवेदी, अनुप जंग खड्का, सन्तोष सेढाई सह–निर्माता रहेको चलचित्रमा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तीमगर, दामोदर पौडेल लगायतको अभिनय छ ।
सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको एक्सन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डी गुरुङको सम्पादन छ ।