फ्लप फिल्म ‘डाँडाको वर पीपल’को सिरिज बन्ने

२६ जेठ २०७९ ४:४१

निर्देशक शोभित बस्नेतले फिल्म ‘डाँडाको वर पीपल’को सिरिज बनाउने घोषणा गरेका छन् ।फिल्म युट्युबमा सार्वजनिक भएर दर्शकले रुचाएपछि उनले यसको सिरिज बनाउने तयारी गरेका हुन् । केही हप्तामा नै छायांकन सुरु गर्ने तयारी शोभितको छ । शोभितका अनुसार, यो फिल्मको सिरिजका लागि कलाकार भने फाइनल भएका छैनन् ।

‘डाँडाको वर पीपल’लाई हलमा दर्शकले रुचाएनन् । फिल्मले हलमा पानी भन्न पनि पाएन । तर, युट्युबमा भने दर्शकले यसलाई निक्कै रुचाएका छन् । उनीहरुले, फिल्मको कथावस्तुले आँखा रसाएको प्रतिक्रिया दिएका छन् ।

यस्तै, प्रतिक्रियाबाट उत्साहित भएका शोभितले अब सिरिज बनाउने तयारी थालेका हुन् । नेपालमा कमै मात्र फ्लप फिल्मको सिरिज वा सिक्वेल बन्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *