‘फाइनल्ली भेटियो’ लिएर आए जी बब, माइकलले गरे निर्देशन

२६ जेठ २०७९ ४:०८

पछिल्लो समय यूवापुस्तामा र्यापर जी बब सर्वाधिक चर्चामा छन् । उनले गाएको गीत ‘मिलेन लेभल तेरो’ले सर्वाधिक चर्चा पाएको छ । उनै, जी बबलाई लिएर ट्रि इन्टरटेन्मेन्टले ‘फाइनल्ली भेटियो’ बोलको गीतको भिडियो तयार पारेको छ । जी बबले नै तयार पारेको गीतलाई उनका फ्यानले रुचाउने विश्वास गरिएको छ ।

यो भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । यूवा पुस्ताका लोकप्रिय निर्देशक चन्दले भिडियोलाई एक्सन र र्याप शैलीमा उतारेका छन् । अपहरणमा परेका जी बबलाई बचाउनका लागि नायिका सारा सिर्पाली र कलाकार डेलविसको एक्सन अवतार भिडियोमा देखाइएको छ ।

ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको यो भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, शिलन लम्सालको सम्पादन, नवराज उप्रेतीको छायांकन छ ।

भिडियोलाई सार्वजनिक भएसँगै दर्शकले रुचाएका छन् । निर्देशक माइकल चन्दले जी बबको क्रेजलाई आफूले पर्दामा उतार्न सकेसम्म कोशिश गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *