‘छक्का पन्जा ३’को व्यापार २० करोड होः दीपकराज गिरी

२४ जेठ २०७९ १५:२०

चलचित्र ‘कबड्डी ४’ले ११ दिनमै १७ करोड भन्दा माथिको व्यापार गरेको आँकडा वितरक गोविन्द शाहीले दिइरहँदा बजारमा ‘छक्का पन्जा ३’को रेकर्ड तोडिएको चर्चा समेत भएको छ । ‘छक्का पन्जा ३’ले १६ करोड कमाएको र त्यसको रेकर्ड ‘कबड्डी ४’ले तोडेको चर्चा चलेको छ ।

तर, चलचित्र ‘छक्का पन्जा ३’ले २० करोडको ग्रस कलेक्शन गरेको निर्माता तथा कलाकार दीपकराज गिरीले बताएका छन् । हाम्रो सिनेमासँग कुरा गर्दै गिरीले भने–‘छक्का पन्जा ३’को व्यापार २० करोड हो । १६ करोड पहिलो सिरिजको हो ।’

यस अर्थमा वितरकले दिएको आँकडा मान्ने हो भने ‘कबड्डी ४’लाई ‘छक्का पन्जा ३’को रेकर्ड तोड्न अझै केही दिन लाग्न सक्छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले सुरुवाती दिनदेखि नै बम्पर व्यापार गरिरहेको छ । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको चलचित्रले मल्टिप्लेक्समा अझै पनि आक्रामक व्यापार गरिरहेको छ ।

तर, ‘कबड्डी ४’ र ‘छक्का पन्जा ३’का निर्माताविच भने रेकर्डको अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *