खगेन्द्रको ‘पानी फोटो’को रिलिज मिति सर्यो

२४ जेठ २०७९ ३:५५

निर्माता, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेको नयाँ चलचित्र ‘पानी फोटो’को प्रदर्शन मिति एक महिना अगाडि सारिएको छ । यसअघि भदौ १० मा यो चलचित्रको प्रदर्शन मिति तय गरिएको थियो । तर, भदौ १० मा खगेन्द्र अभिनित अर्को चलचित्र ‘द सेक्रेट अफ राधा’ आउने भएपछि प्रदर्शन मिति प्रिपोन्ड गरिएको हो ।

यो चलचित्र अब साउनको १३ गतेबाट रिलिज हुनेछ । खगेन्द्रले आफूले नै लेखेको नाटक ‘पानी फोटो’लाई चलचित्रको रुप दिएका हुन् । यो चलचित्रले माओवादी जनयुद्धको समयमा वेपत्ता भएको छोराको पर्खाइमा बसेका बाबु–आमाको कथा भन्छ ।

यो चलचित्रमा खगेन्द्रको साथमा अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, वुद्दि तामाङ, मलिका महत, अशान्त शर्मा लगायतको अभिनय छ ।

यो चलचित्रको छायांकन काठमाडौं, बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको हो । दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन छ । टुकी आर्टस् र मन्जुश्री फिल्मस्ले मिलेरयो चलचित्रको निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *