प्रदिपको ‘प्रकाश’सँग श्रृष्टीको ‘राधा’ जुध्ने पक्का

२४ जेठ २०७९ २:४३

भदौ १० गते दुई फरक कथा बोकेका चलचित्रको भिडन्त पक्का भएको छ । दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘प्रकाश’ यही मितिमा रिलिज हुँदैछ । अब, यही मितिमा सुवर्ण थापा निर्देशित चलचित्र ‘द सेक्रेट अफ राधा’ पनि रिलिज हुने भएपछि भिडन्त पक्का भएको हो । सुवर्णले आज चलचित्रको पोष्टर सार्वजनिक गर्दै भदौ १० गतेलाई मिति पक्का गरेका हुन् ।

चलचित्रको फस्टलुकमा नायिका श्रृष्टी श्रेष्ठले हातमा एक बच्चा बोकेकी छिन् । फस्टलुक हेर्दा उनी चलचित्रमा आमाको भूमिकामा रहेको वुझ्न सकिन्छ । चलचित्रमा उनको साथमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्यदेव पन्त, वुद्दि तामाङ, निश्चल बस्नेत, दयाहाङ राई लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रको अन्य कथावस्तुको बिषयमा केही पनि जानकारी गराइएको छैन । तर, ‘चिसो एष्ट्रे’पछि श्रृष्टीले अर्को फरक कथामा काम गरेको फस्टलुकबाट वुझ्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *