२ घन्टाको ‘चिसो मान्छे’लाई यूनिभर्सल प्रमाणपत्र, सेन्सरबाट उत्कृष्ट प्रतिक्रिया

२३ जेठ २०७९ १३:२९

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘चिसो मान्छे’को आज सेन्सर भएको छ । रिलिजको करिब २ साता अगाडि चलचित्रको सेन्सर पास गरिएको हो । यो चलचित्रले यूनिभर्सल सर्टिफिकेट पाएको छ । यो चलचित्रलाई सबै उमेरका दर्शकले हेर्न सक्नेछन् ।

चलचित्र हेरेपछि सेन्सरका कर्मचारीहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । उनीहरुले, अर्को बर्ष राष्ट्रिय चलचित्र पुरस्कार पाउने चलचित्र बनेको प्रतिक्रिया दिएका थिए ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल मुख्य भूमिकामा छन् । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

सेन्सरबाट पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक खनालले बताए । असारको ३ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरलाई दर्शकले रुचाएका छन् । दिपेन्द्रले यसअघि निर्देशन गरेको चलचित्र ‘आमा’लाई पनि दर्शकले खुबै रुचाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *