के नीतिले भूवनलाई फोन गरेर अनमोलसँग काम गर्ने इच्छा राखेकी हुन् ?

२३ जेठ २०७९ १२:४७

केही बर्ष अगाडिसम्म फिल्म क्षेत्रका चर्चित ब्यानरले अफर गर्दासम्म काम गर्ने इच्छा नदेखाएकी मोडल नीति शाह अहिले आफै फिल्म खेल्नका लागि दौडधुप गरिरहेकी छिन् । अफर आएका केही फिल्म खेलेको भए सायद उनको करिअर नै यतिबेला अर्कै दौडमा हुन्थ्यो होला ।

नीतिले फिल्म खेल्नका लागि नाम चलेकै नायकसँग चाहना राखेकी छिन् । उनको रोजाइमा कि त अनमोल केसी कि त प्रदीप खड्का छन् । प्रदीपसँग केही विज्ञापनमा काम गरेकी नीतिको अनमोल स्कुलका साथी समेत हुन् । नीतिले आफ्नो म्यानेजरको रुपमा निराजन गिरीलाई नियुक्त पनि गरेकी छिन् । निराजनकै सल्लाहामा नीतिले केही दिन अगाडि नायक भूवन केसीलाई फोन समेत गरेर फिल्म खेल्ने चाहना व्यक्त गरेकी थिइन् ।

यो कुरालाई पुष्टी गर्दै भूवनले भने–‘हो, नीतिले मलाई फोन गरेकी थिइन् । कुनै राम्रो प्रोजेक्ट भएको खण्डमा संझनुहोला भनेकी थिइन् । मैले, त्यस्तो कुनै राम्रो काम आएको खण्डमा संझिउला भनेको छु ।’ नीतिको फिल्म क्षेत्रमा आउने चाहनालाई आफूले सकारात्मक रुपमा लिएको पनि भूवनले बताए ।

नायक अनमोल केसी स्टारडमको दौडमा नम्बर १ स्थानमा छन् । उनीसँग काम गरेपछि नायिकाको भाग्य नै चम्किन्छ भनिन्छ । यसैले, पनि फिल्म क्षेत्रमा करिअर नै नयाँ उचाईमा पुर्याउनका लागि नीतिलाई अनमोलको साथ आवश्यक छ । तर, हतपत फिल्म नै साइन नगर्ने अनमोलले के नीतिको प्रस्तावलाई स्विकार गर्लान् त, त्यो भने प्रतिक्षामा नै रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *