दीपकराजको ‘छक्का पन्जा ४ र माग्ने राजा’मा कुन पहिला ?

२३ जेठ २०७९ ८:३५

निर्माता दीपकराज गिरी र उनको टिमले कुन चलचित्रको छायांकन पहिले सुरु गर्दैछ भन्ने अझै पक्का भएको छैन । हातमा केही चलचित्रको स्क्रिप्ट लिएर बसेपनि दीपकराज र उनको टिम कुन चलचित्रको पहिले छायांकन गर्ने भन्नेमा पक्का भैसकेको छैन ।

दीपकराज गिरी चलचित्र ‘छक्का पन्जा ४’को स्क्रिप्ट लेखिरहेका छन् । यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्दैछिन् । यस्तै, यही टिमले निर्देशक हेमराज वीसीसँग नयाँ चलचित्रको लागि टिमअप गर्दैछ । चलचित्रको नाम ‘माग्ने राजा’ राखिएको छ ।

यो चलचित्रको स्क्रिप्टलाई पनि अन्तिम रुप दिन दीपक र हेमराज व्यस्त छन् । दुई चलचित्रमध्ये कुन चलचित्रको छायांकन पहिले हो, दीपक भन्छन्–‘यस बिषयमा अझै फाइनल भएको छैन । हेमराजको निर्देशनमा माग्ने राजा बन्ने पक्का हो । अरु, केही पनि फाइनल भएको छैन ।’

चलचित्र ‘घामड शेरे’ असफल भएपछि हेमराज हिट चलचित्रको खोजीमा छन् । यसका लागि उनी हिट ब्यानरसँग सहकार्य गर्ने तयारीमा छन् । दीपकराजले केही दिनमा नै यो बिषयमा फाइनल हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *