गंगा चौधरीले पलको उदाहरण दिदै भनिन्–‘मन मिले लभ, नत्र बलात्कार’

२३ जेठ २०७९ ८:२४

बलात्कार सम्बन्धी हदम्याद हटाउन सरकारले तत्काल संभव नभएको बताएको छ । साथै, सदनमा आज नेकपा एमालेकी सांसद गंगा चौधरीले हदम्यादको विरोध समेत गरेकी छिन् ।

उनले भनिन्–‘पल शाहको कुरा…जबसम्म मन मिल्यो त्यसलाई लभ भन्ने । अनी, मन नमिलेपछि बलात्कार भन्ने । यो कुरा हामीले भुल्न हुँदैन । यदि, हदम्याद राखिएन भने चाङ लाग्छ । अनी, न्याय कसरी पाउँछ ? म एउटी महिला हुँ ।
महिलाले महिलाको विरोध किन गर्यो भन्नुहोला । तर, म सांसद पनि हुँ । पुरुषको पीडा कसले बोल्ने ? पुरुषको कानुन पनि संसोधन गर्नुपर्छ ।’

उनले, अब बिहेको हदम्याद पनि हटाउनुपर्ने तर्क गरिन् । आजको समयमा १३ बर्षका नानीहरुले पनि बच्चा जन्माउन थालेको भन्दै २० बर्षे बिहेको हदम्याद हटाउनुपर्ने तर्क गरिन् ।

एक मोडलले आफूलाई सौन्दर्य प्रतियोगीताको नाममा ८ बर्ष अगाडि संचालकले ६ महिनासम्म बलात्कार गरेको भन्दै सामाजिक संजालबाट बयान दिएपछि बलात्कार सम्बन्धी हदम्याद हटाउन आन्दोलन भैरहेको छ । तर, सांसद गंगा चौधरीले भने यसको विरोध गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *