असारको अन्तिम साता बिहे गर्ने तयारीमा नीता र हरिहर

२२ जेठ २०७९ १५:२४

लभ बर्ड नायिका नीता ढुंगाना र नायक तथा ज्योतीष हरिहर अधिकारीले असारको अन्तिम साता बिहेको तयारी गरेका छन् । आजसम्म आफ्नो प्रेमलाई औपचारिक रुपमा सार्वजनिक नगरेका यी दुई विगत ३ बर्षदेखि एक अर्काको प्रेममा जोडिएका छन् ।

प्रेम सम्बन्धमा रहेपछि नीता र हरिहरले म्युजिक भिडियो, चलचित्रको काम पनि एकसाथ अगाडि बढाइरहेका छन् । यो जोडीले असारको अन्तिम साता बिहे गर्ने तय भएपनि दिन फाइनल गरेको छैन । केही मिडियामा असारको २४ गते बिहे गर्न लागेको खबर सार्वजनिक भएपनि दिन तय नभएको वुझिएको छ ।

नीता र हरिहरले कस्तो शैलीमा बिहे गर्छन्, त्यो भने खुलाएका छैनन् । यही जोडीले अब नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ बनाउने तयारी गरेको छ । फिल्मको छायांकन बिहेपछि हुने वुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *