मिरुनाले माफी नमागेसम्म ‘कबड्डी ४’ सिक्किममा रिलिज नगर्न चेतावनी

२२ जेठ २०७९ १२:१४

नायिका मिरुना मगर र फुर्पा तामाङबिचको बिबादले चलचित्र ‘कबड्डी ४’को भारत रिलिजमा प्रभाव पर्ने देखिएको छ । मिरुना र फुर्पाले माफी मागिसकेपछि पनि यो घटना सेलाएको छैन । फुर्पाले मिरुना आफ्नो अगाडि रोएका कारण गल्ती नगरेपनि माफी मागेको बताएपछि फेरि यो घटना चर्किएको हो ।

घटना चर्किदै जाँदा भारतको सिक्किममा रहेका बौद्ध धर्माबलम्बीहरुले यो चलचित्राई सिक्किममा रिलिज नगर्न चेतावनी दिएका छन् । उनीहरुले चलचित्र रिलिज गरेको खण्डमा हल तोडफोड हुने र त्यसको जिम्मेवारी आफूहरुले नलिने चेतावनी दिएका छन् । सिक्किमका बौद्ध धर्म गुरु ओङ्दी पिन्त्सोकेले गान्तोकमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै फुर्पा तामाङमाथि मिरुनाले अन्याय गरेको र सार्वजनिक रुपमा नै माफी नमागेसम्म चलचित्र रिलिज गर्न नदिने चेतावनी दिएका हुन् । उनले, नायक दयाहाङ राइले चलचित्रमा निर्वाहा गरेको भिक्षुको भूमिकामा समेत आपत्ती जनाएका छन् ।

उनले पत्रकार सम्मेलनमा भने–‘फुर्पाले गल्ती नै नगरी थप्पड मात्र खाएनन्, हिरासतमा पनि बस्नु परेको छ । भिडियोहरु हेर्दा मिरुनामाथि उनले कुनै अभद्र व्यवहार गरेका छैनन् । यो घटनाले विश्वभर रहेका बौद्ध धर्माबलम्बीहरुको अपमान भएको छ । मिरुनाले सार्वजनिक रुपमा माफी नमागेसम्म सिक्किममा चलचित्र रिलिज नगर्न आग्रह गर्दछु ।’

नेपालमा घटना भएकाले आफूलाई सिक्किम रिलिज नरोक्नका लागि कतिपयले आग्रह गरेपनि लामा भएकाले गर्दा आफूलाई पनि पीडा भएको उनले बताए ।

भारतका विभिन्न १५ वटा शहरमा यो चलचित्र रिलिज गर्ने तयारी निर्माणपक्षको छ । तर, मिरुना मगर र फुर्पाविचको घटनाले यो चलचित्रको भारत रिलिजमा असर पर्ने संभावना बढेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *