‘बगान’ फिल्ममा सरोज, करिश्मा, आकाशसँगै प्रमिला

२२ जेठ २०७९ ११:५३

नायक सरोज खनालले चलचित्र ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन् । आइतबार आयोजित कार्यक्रममा चलचित्रको इन्ट्रो टिजर र ‘तिम्रो सुन्दर’ बोलको गीत सार्वजनिक गरियो । यो चलचित्रमा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की लगायतको मुख्य भूमिका छ ।

सार्वजनिक गरिएको ‘तिम्रो सुन्दर आँखा’ बोलको गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर छ । भिडियोमा आकाश र प्रमिलालाई देख्न सकिन्छ । कविराज गहतराजले भिडियोको कोरियोग्राफी गरेका हुन् ।

कार्यक्रममा बोल्दै निर्देशक तथा कलाकार खनालले आफूले यो क्षेत्रमा सिकेका कुराहरुलाई नै चलचित्रमा प्रयोग गरेको बताए । उनले, यो चलचित्रले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास समेत राखेका छन् । नायक आकाश श्रेष्ठले प नि सरोज खनाल जस्ता कलाकारसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्यको बिषय भएको बताए ।

यो चलचित्रमा गौरीशंकर धुजुको डीओपी, उत्सव दाहालको छायांकन, अर्जुन जीसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समीर मियाँको भीएफएक्स छ । चलचित्रका निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता करिश्मा मानन्धर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *