साहरुख र अब्राहमलाई कोरोना पोजेटिभ

२२ जेठ २०७९ ११:४२

कोरोना भाइरसले बलिउडका कलाकारहरुलाई फेरि आक्रामण गर्न थालेको छ । केही दिन अगाडि नायक अक्षय कुमारले आफू कोरोना पोजिटिभ भएको बताएका थिए ।

अब, बलिउड नायक साहरुख खानलाई पनि कोरोना पोजिटिभ भएको भारतीय मिडियाहरुले बताएका छन् । चलचित्रको छायांकनमा व्यस्त साहरुखलाई कोरोना संक्रमण देखिएको हो । उनीसँगै उनका कान्छा छोरा अब्राहमलाई पनि कोरोना देखिएको छ ।

विशेषगरि, निर्माता तथा निर्देशक करण जोहरको पार्टीमा पुगेका अधिकांश कलाकारमा कोरोना पोजिटिभ देखिएको छ ।

नायिका कट्रिना कैफलाई कोरोनाको सामान्य लक्षण देखिएको थियो । कार्तिक आर्यनले पनि आफूलाई कोरोना पोजिटिभ भएको उल्लेख गरेका छन्् । भारतीय मिडियाका अनुसार, करनको पार्टीमा सहभागी भएका ५५ जनालाई कोरोना पोजिटिभ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *