किन ‘प्रेमगीत ३’ भन्दा ‘प्रकाश’को बढी कुरा गर्दैछन् प्रदिप ?

२२ जेठ २०७९ १०:५१

नायक प्रदिप खड्काको १ महिनाको अन्तरालमा २ वटा चलचित्र रिलिज हुँदैछन् । उनी अभिनित ‘प्रकाश’ भदौको १० गतेबाट रिलिज हुँदैछ भने ‘प्रेमगीत ३’ असोजको ७ गतेबाट रिलिज हुँदैछ । व्यवसायिक दृष्टिकोणबाट हेर्दा ‘प्रकाश’ भन्दा ‘प्रेमगीत ३’को व्यापार धेरै हुन सक्छ । प्रदिपलाई चलचित्र क्षेत्रमा स्टार बनाएको पनि ‘प्रेमगीत ३’ले नै हो ।

तर, यतिबेला भने प्रदिप चलचित्र ‘प्रकाश’मा बढी केन्द्रित छन् । उनलाई थाहा छ, ‘प्रेमगीत ३’ चल्छ । तर, ‘प्रकाश’लाई चलाउनका लागि केही बढी मिहिनेत गर्नुपर्ने हुन्छ ।

प्रदिप आफै पनि यो चलचित्र आफ्ना लागि केही विशेष भएको तर्क गर्छन् । उनी लेख्छन्–‘यस चलचित्रमा काम गर्ने क्रममा कला र कलाकारिता प्रतिको हेर्ने दृष्टिकोण नै परिवर्तन आएको छ । एउटा पात्र मार्फत सम्पूर्ण कथा नै जीवन्त भइदिन सक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितीदेखि भावनाहरु समेतलाई वुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि चलचित्र कार्यशालामा कैयौं दिनहरु बिताएको छु । सोही क्रममा एउटा कलाकारले पात्र र कलाकारितालाई कसरी लिनुपर्दछ भन्ने मेरो सोचमा नै आयाम थपिएको महशुश गरेको छु ।’

प्रदिपले दर्शकबाट पाएको प्रतिक्रियाले आफ्नो मिहिनेत खेर नजानेमा आशावादी रहेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *