पूजा र आकाशको ‘संझना विर्सना’ अब असार ३१ बाट रिलिज हुने

२२ जेठ २०७९ ९:४४

पोष्टपोन्ड भएको चलचित्र ‘संझना विर्सना’को निर्माणपक्षले नयाँ मिति सार्वजनिक गरेको छ । जेठ ६ गतेबाट पोष्टपोन्ड भएको यो चलचित्र अब असारको ३१ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ । यो चलचित्रमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ मुख्य भूमिकामा छन् । निमेष प्रधानले निर्देशन गरेको चलचित्रमा अद्धितीय प्रधान र रेबिका प्रधानको लगानी छ ।

लभ स्टोरी कथा भन्ने चलचित्रमा सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणाको मुख्य भूमिका छ । यो चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ । दार्जिलिङ, सिलगुडी र सिक्किममा यो चलचित्रको छायांकन गरिएको हो । चलचित्रमा निमेषकै कथा, पटकथा तथा संवाद छ ।

शिव ढकालको छायांकन रहेको चलचित्रमा राजन इशान र सुदर्शन तामाङको संगीत, कमल राइको कोरियोग्राफी, तारा थापाको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *