चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको कार्यकाल शुक्रबारदेखि सकिएको छ । २ बर्ष अगाडि विकास बोर्डको अध्यक्ष पदमा दयारामलाई सरकारले नियुक्ती गर्दा जुन उत्साह र आशा थियो, उनी बिदा हुँदै गर्दा सबै औषत देखिए । कोरोनाको महामारीबाट चलचित्र क्षेत्र जुधिरहेको समयमा बोर्डको नेतृत्व सम्हाल्न आइपुगेका अध्यक्ष दाहालले आफ्नो कार्यकालका २२ उपलब्धी सार्वजनिक गरेका छन् । जसलाई यहाँ वुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
१. स्टोरी बैंकको सुरुवात
२. नेपाली चलचित्रको अन्तरराष्ट्रिय हातेमालो
३. पाठ्यक्रम निर्माण
४. बाल चलचित्र समितीको गठन
५. सातै प्रदेशनमा छायांकनस्थल पहिचान
६. काभ्रेको साँगामा इनडोर स्टूडियो
७. चलचित्र लगानी कोषको मोडालिटी
८. कोभिड प्रभावित फिल्मीकर्मीहरुलाई राहत
९. प्रोजेक्ट बीमाको सुरुवात
१०. स्वास्थ्य बीमा कार्यक्रम
११. अध्ययन अनुसन्धान शाखाको स्थापना
१२. चलचित्रकर्मी विपद् कोषको स्थापना
१३. सामाजिक सुरुक्षा योजना
१४. घुम्ती सिनेमा तथा सिनेमा साक्षरता कार्यक्रम
१५. नेपाली सिनेमाको इतिहासको माइलस्टोन निर्धारण
१६. बक्स अफिसको डाटा रिकभरी सेटअप तथा अनलाइन दर्ता
१७. डाटाबेस संचालन
१८. पहिलो चरणको डिजिटाइजेसन सम्पन्न
१९.तालिम तथा फिल्म फेस्टिभलसँग सहकार्य
२०. नयाँ सिनेमा भवनलाई भन्सार
२१. चलचित्र विधेयक
२२. आर्थिक कल्याणकारी कोष