आइफामा विक्की र कृतिलाई ‘उत्कृष्ट नायक–नायिका’को अवार्ड

२२ जेठ २०७९ ९:२३

अबुधाबीमा शनिबार बेलुका आयोजना भएको ‘आइफा अवार्ड’मा चलचित्र ‘शेरशाह’ले उत्कृष्ट चलचित्रको अवार्ड प्र्राप्त गरेको छ । यस्तै, नायक विक्की कौशलले चलचित्र ‘सरदार उधम’बाट उत्कृष्ट नायकको अवार्ड जिते । यस्तै, चलचित्र ‘मिमी’बाट नायिका कृति सेननले उत्कृष्ट नायिकाको अवार्ड जितिन् ।

चलचित्र ‘शेरशाह’बाट विष्णु वर्धन’ले उत्कृष्ट निर्देशकको अवार्ड पाएका थिए । यो अवार्डमा बलिउड नायक सलमान खान, अभिषेक बच्चन, विक्की कौशल, टाइगर श्राफ उपस्थित थिए । यस्तै, नायिकाहरु ऐश्वर्या राय बच्चन, कृति सेनन, अनन्या पाण्डे, साराअली खान, नोरा फतेही, नरगिस फाखरी उपस्थित थिए ।

यूएइका हजार भन्दा बढी दर्शकको विचमा आयोजित कार्यक्रममा बलिउड कलाकारहरुको प्रस्तुतिले दर्शक झुमाएको थियो ।

यस्तै, पंकज त्रिपाठीले ‘लुडो’बाट उत्कृष्ट सह–अभिनेताको अवार्ड पाउँदा साई ताम्हनकरले उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड ‘मिमी’बाट पाइन् । अहान सेट्टीले चलचित्र ‘तडप’बाट नव–नायकको अवार्ड पाउँदा शरवरी वाघले ‘बन्टी और बबली २’बाट उत्कृष्ट नव–नायिकको अवार्ड प्राप्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *