अनमोल भन्छन्–‘समाजसेवामा एक हातले दिएको अर्को हातले थाहा पाउनु हुँदैन’

२२ जेठ २०७९ ८:३३

नायक अनमोल केसीले सामाजिक काम गर्दा एक हातले दिएको अर्को हातले थाहा पाउन नहुने बताएका छन् । कोरोना महामारी कालमा केही कलाकारहरु सामाजिक सेवामा दरिलो रुपमा लाग्दा अनमोललाई भने घरमै बसेको आरोप लाग्यो । सामाजिक कार्यमा कहिले पनि अगाडि नआएको भन्दै उनको आलोचना पनि भयो ।

तर, नायक केसीले भने आफूले सामाजिक कार्य गर्दा अरुलाई थाहा नदिने बताए । उनले भने–‘मेरो हजुरआमा भन्नुहुन्थ्यो कि, कसैलाई सहयोग गर्दा एक हातले दिएको अर्को हातले थाहा पाउनु हुदैन । म यही कुरालाई फलो गर्छु । मैले सामाजिक काम त गरिरहेको हुन्छु, तर प्रचार गर्दिनँ ।’

अनमोलले यदि आफूलाई केही कुराको आवश्यकता हुँदा अरुले फोटो खिचेर सहयोग गर्छ भने त्यो अवस्थामा निक्कै नै नराम्रो महशुश हुने बताए । भने–‘तपाइले एक बोरा चामल दिदा कसैले वाध्यताले लिएको हुनसक्छ । तर, त्यही कुरालाई फोटो र भिडियो खिचेर प्रचार गर्दा लिने मान्छेलाई राम्रो लाग्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *