उच्चको आदेशले पल निराश छैनन्ः गणेश गिरी(भिडियो कुराकानी)

२१ जेठ २०७९ ११:२३

नायक पल शाहका शुभचिन्तक, परिवार र चलचित्रकर्मीलाई उच्च अदालत, पोखराले पललाई धरौटीमा रिहाई गर्ने अपेक्षा थियो । तर, उच्च अदालतले पनि जिल्ला अदालत, तनहुँको नै आदेशलाई सदर गर्दै पललाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउन आदेश दियो ।

योसँगै, पल शाहको रिहाईको माग गर्दै देशभर विरोध प्रदर्शन भएको छ । आज शनिबार काठमाडौंको माइतीघर मण्डला लगायत देशका विभिन्न स्थानमा विरोध भयो । पलका फ्यानहरुले उनको रिहाईको माग गरिरहेका छन् ।
तर, पलका नजिकका साथी गणेश गिरीले भने पल उच्चको आदेशबाट निराश नभएको बताएका छन् । उनले हाम्रो सिनेमासँग कुरा गर्दै भने–‘उच्चको आदेश आफ्नो पक्षमा नआउन पनि सक्छ भन्नेमा पल पहिले नै मानसिक रुपमा तयार थिएँ । यसैले, उनी यसमा निराश छैनन् ।’

गणेशले पल शाहले अब जिल्ला अदालत, तनहुँको फैसला नै कुरिरहेको बताए । भने–‘अब, हामीले जिल्ला अदालतको फैसला कुर्ने हो । संभवत एकदेखि डेढ महिनामा पल रिहा हुन सक्छन् । जसले आरोप लगायो उसले नै होइन भन्दै बकपत्र गरेपछि पल रिहा नहुने भन्ने नै हुँदैन नी ।’

एक नाबालिका गायिकाले आफूलाई जर्बजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यलय, तनहुँमा उजुरी दिएपछि पलले फागुणको १५ गते प्रहरीसमक्ष आत्मसर्मपण गरेका थिए । त्यसपछि उनलाई जिल्ला अदालत, तनहुँले थुनामा राखेर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको थियो ।

तर, जिल्लाको आदेश बदर गर्दै धरौटीमा रिहाइको माग गर्दै पलका वकिल उच्च अदालत, पोखरा गएका थिए । तर, केही दिन अगाडि उच्च अदालत, पोखराले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *