नीता र हरिहरको फिल्म ‘रामोजी फिल्म स्टूडियो’मा खिचिने

२१ जेठ २०७९ ११:०२

नायिका नीता ढुंगानाको ब्यानर नीता फिल्मस्ले निर्माण गर्न लागेको चलचित्र ‘ह्स्व दीर्घ’लाई भारतको चर्चित फिल्म स्टूडियो ‘रामोजी फिल्म स्टूडियो’मा खिचिने भएको छ । चलचित्रका मुख्य नायक हरिहर अधिकारीले यो कुराको जानकारी दिदै आफूहरु उत्साहित भएको सुनाए । हालै मात्र चलचित्रको निर्माण कम्पनी र फिल्म स्टूडियोविच संझौता भएको उनले बताए ।

बलिउड तथा दक्षिण भारतका चर्चित चलचित्रहरुको छायांकन भएको ‘रामोजी फिल्म सिटी’ हैदरावादमा नेपाली चलचित्रको छायांकन हुन लागेको हो । यो चलचित्रमा भारतीय कलाकार प्रदीपराजसहित दक्षिण भारतीय चलचित्रका चर्चित कलाकारहरुको अभिनय रहनेछ ।

यो चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यस्तै, यो चलचित्रको निर्माणपक्षले प्रतिलिपी अधिकार पनि कम्पनीको पक्षमा सुरक्षित राखेको छ । साउन महिनाबाट फ्लोरमा जाने यो चलचित्रलाई बलिउडका सफल छायांकार कविरलालले खिच्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *