२ सय करोडमा बनेको ‘सम्राट पृथ्वीराज’को १० करोडको ओपनिङ

२१ जेठ २०७९ १०:४५

नायक अक्षय कुमार र नायिका मानुषी छिल्लरको मुख्य भूमिका रहेको चलचित्र ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा औषत सुरुवात गरेको छ ।

२ सय करोडमा बनेको यो चलचित्रले पहिलो दिनमा १०.७० करोडको मात्र सुरुवात गरेको हो । कोरोनापछि सर्वाधिक ओपनिङ गर्ने चलचित्रको सूचीको तेश्रो स्थानमा यो चलचित्र परेको छ । चलचित्रले कार्तिक आर्यनको ‘भूलभूलैयाँ २’को ओपनिङ रेकर्डलाई पनि तोड्न सकेन ।

चलचित्रले लगानी मात्र उठाउनका लागि पनि आज र भोली बम्पर कमाई गर्नुपर्छ । तर, चलचित्रले दोश्रो दिन पनि गतिलो सुरुवात नगरेको भारतीय मिडियाले बताएका छन् । ‘बच्चन पाण्डे’ बक्स अफिसमा असफल भएपछि अक्षयका लागि यो चलचित्र चल्न आवश्यक छ ।

तर, पहिलो दिनको व्यापारले अक्षयलाई ठूलै झट्का लाग्ने देखिएको छ । यशराज ब्यानरले यो चलचित्र निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *