‘प्रेमगीत ३’ भारतमा ‘विश्वजितम्’ नाममा रिलिज हुने

२१ जेठ २०७९ १०:३९

हिन्दी भर्सनमा समेत रिलिजका लागि तयार भएको नेपाली चलचित्र ‘प्रेमगीत ३’को नाम परिवर्तन भएको छ । अब, यो चलचित्र हिन्दी भर्सनमा भने ‘विश्वजितम्’ नाममा रिलिज हुनेछ । यो चलचित्र नेपालसँगै भारतमा असोजको ७ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।

भारतको निर्माता संघमा नाम दर्ता भएसँगै नेपालबाहेक विश्व बजारमा यही नाममा चलचित्र रिलिज हुनेछ ।

यो चलचित्रलाई भारतमा पनि एकसाथ रिलिज गर्ने उद्देश्यका साथ निर्माता सन्तोष सेनले नेपाल रिलिज स्थगीत गरेका थिए । यो चलचित्रको हिन्दी डबिङमा प्रख्यात कलाकारहरुको आवाज समावेश गरिएको छ । भारतमा वितरकहरुले व्यवसायीक रुपमा रिलिज गर्न लागेको पहिलो चलचित्र नै ‘प्रेमगीत ३’ बनेको छ ।

प्रदिप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रलाई सन्तोष सेन र स्वर्गीय छेतन गुरुङले मिलेर निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *