‘कबड्डी ४’ले एक सातामा कमायो १४ करोड

२१ जेठ २०७९ १०:३१

रिलिज भएको एक सातामा नेपाली चलचित्र ‘कबड्डी ४’ले बक्स अफिसमा धमाका मच्चाएको छ । हरेक दिन नै नयाँ रेकर्ड राख्दै अगाडि बढेको चलचित्रले एक सातामा १४ करोड ग्रस कलेक्शन गरेको निर्माणपक्षले आँकडा सार्वजनिक गरेको छ ।

एक सातामै १४ करोड ग्रस कलेक्शन गर्ने पहिलो चलचित्र बनेको ‘कबड्डी ४’ले ओपनिङ व्यापार नै ३ करोडको गर्दै नयाँ रेकर्ड सेट गरेको थियो ।यस्तै, यो चलचित्र अब सर्वाधिक कमाई गर्ने ‘छक्का पन्जा ३’को रेकर्ड तोड्न २ करोडले मात्र पछि छ । जुन यो साता नै तोडिने निश्चित छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ३’ले १२ करोडको ग्रस कलेक्शन गरेको आँकडा निर्माणपक्षले सार्वजनिक गरेको थियो ।

दोश्रो सातामा पनि विदेशी चलचित्रले कुनै असर नपारेपछि ‘कबड्डी ४’ले रेकर्डमा नयाँ आँकडा पार गर्ने निश्चित देखिएको छ । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको चलचित्रले निर्मातालाई ठूलो मुनाफा दिने निश्चित देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *