‘शमशेर’लाई मनिषले निर्देशन गर्ने, सुनिल थापा जोडिए

२० जेठ २०७९ ११:५४

छायांकनको तयारीमा रहेको चलचित्र ‘शमशेरा’लाई नायक मनिष राउतले नै निर्देशन गर्ने भएका छन् । चलचित्रको मुख्य कलाकार समेत रहेका राउतले अब निर्देशनको जिम्मा पनि सम्हाल्न लागेका हुन् । यो चलचित्रमा कलाकार सुनिल थापा पनि जोडिएका छन् ।

ओस्कार कलेजबाट चलचित्रको ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा पनि काम गरिरहेका छन् । राउतले चलचित्रको कथा पनि राम्रो भएकाले आफूले नै निर्देशन गर्न लागेको बताए । यो चलचित्रको लागि नायिकाको छनोट कार्य भैरहेको निर्माणपक्षले बताएको छ ।

चलचित्रमा गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दीपक कोइराला, सुमन थापा, सविन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको छायांकन काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रलाई सीबड्रस इन्टरटेन्मेन्ट र धिरज प्रोडक्शनले मिलेर बनाउन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *