पलको रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन

२० जेठ २०७९ ११:४६

उच्च अदालत, पोखराले थुनामै राखेर अनुसन्धान जारी राख्न आदेश दिएसँगै नायक पल शाहले मुद्दा थुनामै बसेर लड्नुपर्ने भएको छ । तर, काठमाडौंमा भने पलको रिहाईको माग गर्दै आन्दोलन सुरु भएको छ । ‘हाम्रो टिम नेपाल’ले आज माइतीघरमा पलको रिहाईको माग गर्दै प्रदर्शन गरेको हो ।

आन्दोलनमा सहभागीहरुले पुरुष हिंसा अन्त्यको माग गरेका छन् । उनीहरुले पल शाहलाई न्याय दिनुपर्ने, पुरुष अधिकार सुनिश्चित हुनुपर्ने माग गरेका छन् ।

पलको रिहाईको माग गर्दै भोली पनि काठमाडौंमा प्रदर्शन हुने वुझिएको छ । एक नाबालिका गायिकालाई जर्बजस्ती करणी गरेको आरोपमा नायक शाह ३ महिनादेखि थुनामा छन् ।

जिल्ला अदालत, तनहुँले पललाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी साधारण वा धरौटीमा रिहाइको माग गर्दै उच्च अदालत, पोखरा पुगेका थिए । तर, उच्चले पनि जिल्लाकै आदेशलाई सदर गरेपछि पल थुनामै रहनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *